समाचार

जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ



काठमाडौँ, ४ माघ । चितवनको रत्ननगर नगरपालिकाबाट एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिकाको बाघमारास्थित गोधुली रिसोर्ट प्रालिमा एक १५ वर्षीय किशोरीलाई करणी गरेको अरोपमा सोही नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय सुलभ बास्कोटा पक्राउ परेका हुन् ।

बास्कोटालाई खैरहनी नगरपालिका १२ बाट नियन्त्रणमा लिएको हो । उनलाई चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।