अर्थ

६ महिनामा लुम्बिनी प्रदेश सरकारको बजेट १९ प्रतिशतमात्र खर्च



बुटवल, ५ माघ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्म जम्मा १९ प्रतिशतमात्र बजेट खर्च गरेको छ ।

चालुतर्फ २३.९५ प्रतिशत र पुँजीगततर्फ जम्मा १६.६४ प्रतिशत बजेट खर्च भएको हो । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएकोमा अहिलेसम्म ७ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ खर्च भएको हो ।

पुँजीगत र चालुगरी पुस मसान्तसम्म १९.३४ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेशले जनाएको छ । पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट रहेकोमा ६ महिनामा जम्मा ४ अर्ब ९ करोड १३ लाख खर्च भएको छ । चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख बजेट रहेकोमा ३ अर्ब ४४ करोड ४६ लाख खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।