काठमाडौँ, ६ माघ । मकवानपुरमा भिरबाट लडेर शनिबार एक महिलाको मृत्यु भएको छ ।
भीमफेदी गापा ०३ इचुङ बस्ने अन्दाजी ५२–५३ वर्षीया चमेलीमाया पाख्रिनको घाँस काट्न गएका वेला लडेर मृत्यु भएको हो ।
शनिबार दिउँसो ४ बजेतिर घरबाट अन्दाजी ५०० मिटर दक्षिणमा रहेको घट्टेखोलाको भिरमा (आफ्नै बारी नजिकै) घाँस काट्नका लागि गएकी चमेली भीरबाट लडी २०० मिटर तल खसेर मुत्यु भएको हो ।
उक्त घटनास्थल इप्रका भीमफेदी मकवानपुरबाट अन्दाजी १३ किमि दक्षिण तर्फ पर्छ । मुचुल्कापश्चात् मृतकको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्