हुम्ला, ६ माघ । चंखेली गाउँपालिका-१ को होहराबाडामा ट्याक्टर दुर्घटना भएको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार ट्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय तुल्या बोहराको मृत्यु भएको हो ।
नुन बोकेर लोतीबाट वडानम्बर १ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । ट्याक्टर बिहान १० बजेतिर दुर्घटना भएको हो ।
घाइतेहरूको उद्वारको प्रयास भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्