काठमाडौँ, ७ माघ । विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूमा भइरहेको तालाबन्दीप्रति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण भएको छ ।
प्रवक्ता शिवकुमार सापकोटाले एक विज्ञप्ति जारी गर्दै शिक्षा प्राप्त गर्ने हरेक व्यक्तिको नैसर्गिक तथा मौलिक अधिकार रहेको भन्दै कुनै पनि प्रकारको अवरोध सिर्जना गर्न नहुने बताए । त्रिभुवन विश्वविद्यालय तथा विभिन्न क्याम्पसहरूमा विद्यार्थी सङ्गठनहरूको नाममा तालाबन्दी भइरहेको भन्दै मन्त्रालयले त्यस्तो नगर्न भनेको हो ।

प्रतिक्रिया दिनुहोस्