लमजुङ, ७ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नागरिकको कामलाई आलटाल गर्ने कर्मचारी कारबाहीमा पर्ने बताएका छन् ।
लमजुङको क्व्होलासोथार गाउँपालिका-९, गिलुङस्थित बुद्धोदय माविको स्वर्ण जयन्तीलाई आइतबार सम्बोधन गर्दै उनले घुस खाने कर्मचारी पनि कारबाहीमा पर्ने बताए । उनले कर्मचारीको कार्यशैली पञ्चायतबाट हालसम्म नबदलिएको बताए ।
उनले भने, ‘घुस खाने र जनताको काममा आलटाल गर्ने कर्मचारी अब बाँकी रहँदैनन् । पञ्चायतमा पञ्चायतले भनेका मान्ने । बहुदलमा बहुदलले भनेका मान्ने । जनताको कुरा सुन्दै नसुन्ने । अहिले पनि उस्तै छ । व्यवस्था बदलियो, काम गर्ने तरिका बदलिएन । शासन प्रणाली बदलियो, मान्छेको काम बदलिएन ।’
प्रतिक्रिया दिनुहोस्