अर्थ

ग्लोबल आईएमई बैंकको नाफामा ५० प्रतिशत वृद्धि



काठमाडौँ, ७ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आईएमई बैंकको नाफामा ४९.५१ प्रतिशतको वृद्धि भएको छ ।

सोमबार प्रकाशित बैंकको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा गत वर्षको पुस मसान्तमा २ अर्ब ४ करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५ करोड पुगेको हो । बैंकको खुद नाफा मात्रै होइन वितवरणयोग्य नाफा पनि बढेको छ । यस अवधिमा बैंकले २ अर्ब ६५ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।

बैंकको इम्पेयरमेन्ट शुल्कमा भारी गिरावट आएकाले खुद नाफामा वृद्धि भएको देखिन्छ । गत वर्षको पुस मसान्तमा बैंकले इम्पेयरमेन्ट शुल्कबापत ४ अर्ब १४ करोड राख्नुपरेकोमा अहिले २ अर्ब २० करोड मात्रै छुट्याएको छ । बैंकको ब्याज आम्दानी घटेको छ भने शुल्क तथा कमिसनबापत हुने आम्दानी बढेको छ ।