Banner News

बैंकको क्षमता, सामर्थ्य, प्रतिष्ठा र इज्जत पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल



काठमाडौँ, ७ माघ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । 

काठमाडौँमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले बैंकको क्षमता विकास, बैंकको सामथ्र्य विकास, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । 

उपप्रधानमन्त्री पौडेलले भने, ‘अहिले बैंकको व्यवस्थापन र कर्मचारी साथीहरुको बीचमा जहाँ जीवन्त सम्बन्ध हुन्छ, जहाँ राम्रो सम्बन्ध हुन्छ, त्यस्तो बैंकले प्रगति गर्ने सम्भावना ज्यादा हुन्छ । म साथीहरुलाई आग्रह गर्न चाहन्छु, बैंकका सबै कर्मचारी साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, बैंकमा गठन भएका ट्रेड युनियनका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यहाँहरुले सबैभन्दा पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामर्थ्य, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूचि बनाउनु पर्दछ ।’