काठमाडौँ, ७ माघ । अभिनेता करणवीर मेहरा भारतीय टिभी रियालिटी शो ‘बिग बोस सिजन १५’ को विजेता भएका छन् ।
आइतबार भएको फिनालेमा करणले विवियन डिसेनालाई पछि पार्दै उपाधि जितेका हुन् । उनले ‘बिग बोस १८’ को ट्रफीसँगै ५० लाख भारू प्राप्त गरे ।
दिल्लीमा जन्मिएका करणले टिभी शोज, वेब सिरिज र फिल्ममा काम गरेका छन् । सन् २००५ मा टिभी शो ‘रिमिक्स’ बाट उनले अभिनय सुरू गरेका थिए । यसमा उनले आदित्यको भूमिका निर्वाह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्