काठमाडौँ, ८ माघ । पाकेट मारेको मोबाइल पसलहरूमा डिक राखेर रकम लिएर हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर घर भएका ३५ वर्षीय ध्रुव कुमार राय र काठमाडौँ महानगरपालिका–२४ बस्ने ४१ वर्षीय राजन डंगोल छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ‘अर्जेन्ट पैसा चाहिएको छ, एकदुई घण्टामा फिर्ता ल्याइदिन्छु’ भनेर उनीहरूले चोरीको मोबाइल राखेर रकम ठगेर हिँड्ने गरेको थिए ।
चोरी गरेका महत्त्वपूर्ण कागजात र सर्टिफिकेटहरू पनि उनीहरुले डिक राखेर झुक्यानमा पारेर रकम लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनीहरूलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्