समाचार

पेस्तोलसहित दुई जना पक्राउ



सिरहा, ९ माघ । सिरहा प्रहरीले गोलबजार नगरपालिका ११ बलकावाबाट नलकटुवा पेस्तोल सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

बलकावामा लागेको भवरी मेलाबाट प्रहरीले गोलबजार नगरपालिका १२ बेतौनाका १९ वर्षीय प्रमोद ठाकुर र विष्णुकुमार महतोलाई एक थान नलकटुवा पेस्तोल सहित नियन्त्रणमा लिएको हो । प्रहरीले ठाकुरको साथबाट नलकटुवा र महतोको साथबाट फलामको नक फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।

पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत सिरहाबाट हातहतियार सम्बन्धी मुद्दामा  पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय गोलबजारमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ  ।