अर्थ

बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाडौँ महानगरपालिकामा निवेदन



काठमाडौँ, ९ माघ । काठमाडौँ महानगरपालिकामा  ४ अरब ४९ करोड रुपैयाँ बचत रकम फिर्ताको पहल गरिदिन भन्दै निवेदन परेको छ ।

बुधवार ११८ वटा सहकारीका ६,२६६ बचतकर्ताले महानगरपालिकाको सहकारी विभागमा सो निवेदन दिएका हुन् । बचतकर्ताले सहकारी संस्थाहरूबाट ४ अरब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो मागदावी गरेका हुन् ।