समाचार

असनमा लागेको आगलागी नियन्त्रणमा



काठमाडौँ, १० माघ । असनको एक घरमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

आज दिउँसो स्थानीय ऋतु तुलाधरको घरमा आगलागी भएको थियो । आगलागीबाट गोदाममा रहेका ग्यास चुल्हो लगाएतका घरासयी सामाग्रीहरु जलेर नष्ट भएको छ । समयमा नै आगो नियन्त्रणमा लिइएका कारण अन्यत्र सल्कन नपाएको स्थानीयले बताएका छन् ।

आगलागीको कारण र क्षतिको पूर्ण विवरण आउँन बाँकी रहेको समेत प्रहरीले जनाएको छ ।  आगो नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासी लगायतको प्रयासमा नियन्त्रणमा आएको बताइएको छ ।