परासी, १० माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजारको मागअनुसार शैक्षिक कार्यक्रम संचालन नहुँदा बेरोजगारी बढेको बताएका छन् ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको सेमरीमा प्रस्तावित आदर्श क्याम्पस भवनको शिलान्यास गर्दै महामन्त्री थापाले बजारमा माग एउटा जनशक्ति छ, हामीले शिक्षित बनाउने नाममा व्यवहारिक शिक्षामा जोड दिन नसक्दा अहिलेको अवस्था आएको बताए । नेपालमा हरेक वर्ष ५ लाख युवा जनशक्तिलाई रोजगारीको आवश्यकता भए पनि सरकारले मुस्किलले २० हजारलाई रोजगारी दिने र बाँकी निजी क्षेत्रको जिम्मामा आउने बताए । त्यसका लागि सरकारले निजी क्षेत्रको सहकार्यमा रोजगारी सिर्जना हुने वातावरण बनाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ थियो ।
‘बजार कठोर छ, उसले व्यवहारिक र दक्ष जनशक्ति खोजेको छ । तर, हामीले प्राविधिक शिक्षामा जोड दिन सकेनौं,’ उनले भने, ‘अबको आवश्यकता प्राविधिक शिक्षा, रोजगारीको ग्यारेन्टी र आकर्षक सुविधा नभएसम्म युवा जनशक्तिको विदेश पलायन रोक्न निकै कठिन छ ।’
प्रतिक्रिया दिनुहोस्