राजनीति

कांग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौँ, ११ माघ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ ।

माघ १३ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान भएको हो । संसद भवन बानेश्वरको ल्होत्से हलमा बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा मुख्य छलफल हुने बताइएको छ ।