काठमाडौँ, १२ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती रहेको बताएका छन् ।
४६ औँ पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौँमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा पर्यटनको विकास र प्रवर्द्धनका लागि जैविक प्राकृतिक विविधतालाई जोगाउनुपर्ने चुनौती रहेको बताए ।
उनले पर्यटन क्षेत्र एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको समन्वय र सहकार्यमा पर्यटन क्षेत्रको प्रवर्द्धन जरुरी रहेको बताए । नदीको प्राकृतिक बहावमा अतिक्रमण गर्न नहुन उनको भनाइ थियो । नेपालमा पर्यटनको अनुकूल वातावरण छ भन्ने कुरा सरकारले स्थापित गरेर छोड्ने बताउँदै मन्त्री पाण्डेले पर्यटकहरू देशको समृद्धिको वाहक भएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्