राजनीति

कांग्रेस संसदीय दलको बैठक आज बस्ने



काठमाडौँ, १३ माघ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।