विश्व

ट्रम्पले गरे एक दर्जन संघीय निगरानीकर्ताहरुलाई बर्खास्त



एजेन्सी, १३ माघ । ट्रम्प प्रशासनले कम्तिमा पनि एक दर्जन बढी संघीय निगरानीकर्ता एवं जाँचकर्तालाई बर्खास्त गरिदिएको छ । यसलाई अवैध कदम भनिएको छ भने यसैलाई लिएर अदालती चुनौतिको सामना गर्नु पर्ने सम्भावना रहने बताइएको छ । 

शनिबार सिनेटमा सिनेट अल्पसंख्यक नेता चक शूमरले यो कदमलाई वाचडग फायरिंगलाई ‘चिस्याउने सफाया’को संज्ञा दिए । डेमोक्र्याट शूमरले ‘यो बर्खास्तीले उनी दवाफदेहीताबाट भयभित छन् भन्ने तथ्यको उजागर हो । यो पारदर्शीताप्रतिको शत्रुता हो’ भने । 

बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार बर्खास्त निगरानीकर्ताको सूचीमा स्वास्थ्य एवं मानव सेवा विभागका महानिरीक्षक तथा लघु व्यवसाय प्रशासनका महानिरीक्षक समेत छन् ।