काठमाडौँ, १३ माघ । भारतको ७६ औँ गणतन्त्र दिवसको प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज आफ्नो ट्विटर (एक्स)मार्फत मोदी र त्यहाँका जनतालाई गणतन्त्र दिवसको अवसरमा बधाई तथा शुभकामना दिएका छन् ।
उनले भने, ‘लोकतन्त्र र राष्ट्रिय एकताको आदर्श सधैँ फस्टाउँदै जाओस् र हाम्रा दुई राष्ट्र बिचको मित्रताको सम्बन्धलाई अझ गहिरो बनाउँदै जाओस् ।’
त्यस्तै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले समकक्षी एस. जयशंकारलाई बधाई दिएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्