अर्थ

नेप्से १०.६१ अंकले घट्यो



काठमाडौँ, १४ माघ । सेयर कारोबार मापक नेप्से परिसूचक १०.६१ अंकले घटेको छ ।

अघिल्लो दिनको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ३३.३२ विन्दुमा उक्लेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्सेले सोमबार पनि सोही प्रवृत्ति पछ्याएको छ । उक्त दिन कारोबारमा आएकामध्ये १०५ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १२९ वटाको घट्यो भने बाँकी ९ वटा कम्पनीको स्थिर रह्यो ।

८७ हजार ५ सय ६४ पटकको कारोबारमा १ करोड ७२ लाख ५३ हजार ५ सय ७६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ८ अर्ब ९२ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।