काठमाडौँ, १४ माघ । नेपाली कांग्रेसका सांसदहरूले सरकारले ल्याएको अध्यादेशबारे पार्टीका सांसदहरूसँग कुनै छलफल नै नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले उनीहरूले पार्टीका तर्फबाट मन्त्री भएकाहरूले पनि सांसदहरूसँग कुनै छलफल गर्ने नगरेको गुनासो गरेका छन् ।
उनीहरूले बजेट कार्यान्वयनका सवालमा समेत प्रश्न उठाएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले दोस्रो दिनको बैठकमा १७ जना सांसदले गम्भीर प्रश्नहरू उठाएको बताए ।
‘संसद् अधिवेशन, अध्यादेश, बजेट लगायतलाई लिएर आज सांसदहरूले प्रश्न उठाउनुभएको छ,’ बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै घिमिरेले भने, ‘अत्यन्त महत्त्वपूर्ण र गम्भीर विचार माननीय सदस्यबाट आएको छ । बोल्ने क्रम जारी नै छ । ’
प्रतिक्रिया दिनुहोस्