समाचार

किष्ट अस्पतालको शौचालयमा एक जना मृत फेला



ललितपुर, १४ नाघ । किष्ट अस्पताल भित्रको एक शौचालयमा युवक मृत फेला परेका छन् ।

प्रहरीका अनुसार मृत फेला पर्नेमा ३१ वर्षीय सन्दीप रावल रहेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित अस्पताल भित्रको इमरजेन्सी पछाडि रहेको शौचालयभित्र रावल सोमबार मृत फेला परेका हुन् । रावल सोही नगरपालिकाको वडा नम्बर ८ का निवासी रहेको प्रहरीको भनाई छ ।