पोखरा, १५ माघ । पार्टी प्यालेसबाट १४ लाख ७४ हजार चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पोखरा–८ सिर्जनाचोकस्थित साईमन पार्टी प्यालेसको कार्यालयबाट गत ११ माघमा चोरी गरेको आरोपमा रुपन्देहीका ईश्वर श्रेष्ठ र स्याङजाकी पूजा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट चोरी गरेको १२ लाख ५२ हजार समेत बरामद भएको कास्कीका डिएसपी बसन्त शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्