समाचार

नेपाल प्रहरीमा ७५ डीएसपी खाली



काठमाडौँ, १६ माघ । नेपाल प्रहरीमा प्रहरी नायव उपरीक्षक (डीएसपी)का ७५ दरबन्दी रिक्त भएका छन् ।

गत शुक्रबार मध्यराति प्रहरी प्रधान कार्यालय नक्सालले ३७ डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेसँगै रिक्त डीएसपीको पदसंख्या ७५ पुगेको हो ।

यसअघि नेपाल प्रहरीमा ३८ डीएसपी रिक्त थिए । रिक्त डीएसपीको संख्या ७५ पुगेसँगै प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरबाट डीएसपी बढुवाको तयारी सुरु गरेको छ ।