राजनीति

माओवादी संसदीय दलको बैठक आज



काठमाडौँ, १७ माघ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । 

बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनको तयारीका लागि बैठक बोलाइएको पाण्डेले जानकारी दिए ।  प्रमुख प्रतिपक्ष दलको नेता समेत रहेका प्रचण्डले विपक्षी ७ दलको बैठक बोलाएर सरकारमाथि दबाब दिने रणनीति बनाएका छन् । पाँच बुँदे साझा धारणा बनाएका उनीहरूले सरकारविरुद्ध कडा रूपमा प्रस्तुत हुने योजना बनाएका छन् ।