काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यात व्यापारसम्बन्धी आँकडा नक्कली भएको बताएका छन् ।
बिहीबार राजधानीमा भएको चेम्बर एक्पोलाई सम्बोधन गर्दै उनले नेपालको निर्यातलाई वास्तविक निर्यात मान्न नसकिने बताएका हुन् । उनले आफैँले उत्पादन गरेका सामान बिक्री गर्न सके मात्रै त्यसलाई वास्तविक व्यापार मान्न सकिने उनको भनाइ छ । नेपालमा बचतकर्ताको संख्या निकै कम मात्रै भएको प्रधानमन्त्री ओली बताउँछन् ।
प्रधानमन्त्री ओली भने, ‘हाम्रो जुन व्यापारको आँकडा देखिएको छ, त्यो पनि सही सत्य होइन, त्यो नक्कली आँकडा हो । हामीसँग जुन, जति उत्पादन छैन, त्यो पनि व्यापार देखिएको छ । अर्थात् हामी ल्याउँछौं, बेच्छौं, त्यो पनि छ ।’
प्रतिक्रिया दिनुहोस्