काठमाडौँ, १७ माघ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले दुई तिहाइको सरकारले सदनबाट डराएर बदनियतपूर्ण ढङ्गले अध्यादेश ल्याएको आरोप लगाए का छन् ।
बिहीबार काठमाडौँमा प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको चौथो अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष सापकोटाले सापकोटाले संसद् ढिलो बोलाउने र विधेयकहरूलाई फास्ट ट्रयाकमा लैजाने कुराले सरकारले अतालिएको देखिएको जिकिर गरे । विपक्षीहरूले तर्कसहित अध्यादेशको विरोध जनाउने निर्णय गरेपछि सत्तारुढ दलले त्यसको प्रतिवाद गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको उनले बताए ।
वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको दाबी गरे । देशका समस्या समाधान गर्न र जनजीविकाका विषयमा सरकार पूर्णरुपमा असफल भइसकेको दाबी गरेका हुन् । आफ्ना कार्यकर्तालाई जग्गा बाँड्नकै लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको समेत उनले जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्