काठमाडौँ, १८ माघ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका छन् । दिउँसो १ बजे दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा)को बैठक सुरु हुने छ । प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्