रौतहट, १९ माघ । रौतहटमा ११ हजार भोल्टको करेन्ट लागेर एकजना जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार गरुडा नगरपालिकामा कार्यरत करारका अमिन २५ वर्षीय रामजी साहको करेन्ट लागेर मृत्यु भएको हो ।
गरुडा नगरपालिका जयनगर स्थित निर्माणाधीन एक सार्वजनिक घरको नापी गर्न गएको क्रममा घरको छतबाट फोन गर्ने क्रममा भुलवश तार छुँदा साहलाई करेन्ट लागेको प्रारम्भिक अनुमान छ । उनलाई गरुडामा सामान्य उपचारपछि थप उपचारको लागि एम्बुलेन्सबाट वीरगन्जस्थित गण्डक अस्पताल लगिएको थियो ।
त्यहाँ डाक्टरले उनलाई मृत घोषणा गरेको हो । मृतक साहको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्