काठमाडौँ, २० माघ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ ।
बैठक हिजोदेखि ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको हो । बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेन्डामा छलफल भइरहेको छ ।
समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने बताइएको छ । बैठक आज समापन गर्ने पार्टीकाे तयारी छ ।
प्रतिक्रिया दिनुहोस्