राजनीति

हवाई सेवा र उड्ययन प्राधिकरणसम्बन्धी छुट्टाछुट्टै विधेयक संसद्‌मा दर्ता



काठमाडौँ, २० माघ । संसद्मा हवाई सेवा र नागरिक उड्ययन प्राधिकरणसम्बन्धी छुट्टाछुट्टै विधेयक दर्ता भएको छ ।

संघीय संसद् सचिवालयमा नेपाल नागरिक उड्ययन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक–२०८१ र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१ आइतबार दर्ता भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रिप्रसाद पाण्डेले दुईवटै विधेयक संसद्‌मा दर्ता गरेका हुन् ।