काठमाडौँ, २१ माघ । सुदूरपश्चिम प्रदेशमा एक लाख ५१ हजार २९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ ।
प्रदेशका सबै नौ जिल्लामा यही माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने खोप अभियानका क्रममा सो सङ्ख्यामा किशोरीलाई खोप लगाइने स्वास्थ्य निर्देशनलय दीपायलले जनाएको छ ।
खोप दिनुपर्ने सङ्ख्या बढी रहेको कैलाली जिल्लाको हकमा भने फागुन ४ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । निर्देशनालयका निमित्त निर्देशक डा.खगेन्द्र बमले खोप अभियानका क्रममा कक्षा छदेखि १० सम्म अध्ययनरत र विद्यालयबाहिर रहेका किशोरीलाई पनि खोप लगाउन लागिएको बताए । खोप अभियानका लागि एक लाख ८० हजार खोप व्यवस्थापन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्