काठमाडौँ, २१ माघ । नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुनेबारे सूचना जारी गरेको छ ।
प्राधिकरणको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि ८ दिनसम्म विभिन्न फिडर अन्तरगतका स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्