राजनीति

प्रधानमन्त्री ओलीद्वारा श्रीपञ्चमीको शुभकामना



काठमाडौँ, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीपञ्चमीको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालको माध्यमबाट स्वदेश तथा विदेशरमा रहेका सम्पूर्ण नेपालीजनमा बसन्त पञ्चमीको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभएको छ, ‘आज वसन्त पञ्चमी, वसन्त पञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौं। श्रीपञ्चमी, सरस्वती पूजा- बालबालिकाको अक्षरारम्भ गर्ने दिन। बोटबिरुवामा पनि अब नयाँ पालुवा पलाउन थाल्छ, चराहरू बसन्ती भाकामा गाउन थाल्छन्, यस ऋतुमा मानिसको मन पनि प्रमोदित हुन्छ । प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिन्छ। सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिँदै आएको छ । अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन !’