मकवानपुर, २२ माघ । बागमती प्रदेश सभा सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै छ ।
संसदमा प्रतिनिधित्व गर्ने दलहरूबिच प्रदेशसभा सञ्चालनका लागि मंगलबार सर्वदलीय बैठक बस्ने तय गरिएको हो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले मंगलबार अपराह्न ३ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रदेशसभाको माघ २३ गते बिहान ११ बजे बैठक आह्वान गरिएको उनले बताए ।
प्रदेश सरकारले ल्याएका विभिन्न ४ वटा विधेयकलाई दफावार छलफल तथा संशोधनका लागि समितिमा पठाएर पारित गर्नुपर्ने भएपनि संसदको कार्यक्रम अघि बढ्न सकेको छैन । प्रदेशसभाको गत माघ १८ गते बसेको बैठकमा प्रतिपक्ष दलको सहमति नहुँदा संसदमा पेश गर्न तयार गरिएको विधेयक सम्बन्धी कार्यसूची हटाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्