समाचार

भुमहीमा आगलागी



काठमाडौँ, २२ माघ । नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीस्थित जय कालिका ट्रेडिङ सप्लायर्समा आगलागी भएको छ ।

प्रहरीका अनुसार गएराति करिब साढे १ बजेतिर लागेको आगो आज बिहान ३ बजेर २० मिनेटमा नियन्त्रणमा लिइएको थियो ।

लेखनाथ खरेलले सञ्चालन गरेको सप्लायर्समा गाडीका टायर, मोबिल, ब्याट्री लगायतका सामान थिए । ती जलेर नष्ट भएको प्रहरीले जनाएको छ । तर क्षतिको विवरण आउन बाँकी छ । आगलागीको कारण पनि खुलेको छैन ।