अर्थ

परिसूचक नेप्से १४ अंकले घट्यो



काठमाडौँ, २२ माघ । आज सेयर बजार परिसूचक (नेप्से) १४ अंकले घटेको छ ।

२७३३ बिन्दुबाट सुरु भएको बजार घट्दा परिसूचक २७१६ बिन्दुमा पुगेको हो । 

आज ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । 

आज कारोबार भएकामध्ये ७१ कम्पनीको मूल्य बढ्यो । १७२ कम्पनीको मूल्य घट्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो । मंगलबार नेप्सेका दुई बाहेक सबै उपसमूहको सूचक घटेको छ । जलविद्युत् उपसमूहको सूचक ०.१५ र अन्य उपसमूहको ०.४३ प्रतिशतले बढेको छ ।