काठमाडौँ, २३ माघ । काठमाडौँको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ ।
बुधबारदेखि पद्मकन्या अगाडिको सडकमा काठमाडौँ महानगरपालिकाले पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो ।
पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौँ महानगरले अहिलेसम्म ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याइएको काठमाडौँ महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्ने बित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सकिनेछ ।
उनले भन्नुभयो, ‘सलाई बटन क्रसिङ भन्छ । जबसम्म यसमा रहेको बटनलाई थिचिँदैन यसले काम गर्दैन । थिचेपछि यसले आफ्नो समयमा काम गर्छ । अहिले जथाभाबी क्रस गर्ने भएको कारण सुरक्षित छैन । अहिले हामीले ३६ ठाउँमा यो राखेका छौँ । यसमा पुस गरिसकेपछि निश्चित समयका लागि गाडी रोकिन्छ । र ढुक्कका साथ बाटो काट्न सक्छ । यात्रुको सुरक्षालाई मध्यनजर गरेर काठमाडौँ महानगरपालिकाले यो कामहरू गर्न थालेको हो ।’
प्रतिक्रिया दिनुहोस्