काठमाडौँ, २५ माघ । झापाबाट काठमाडौँका लागि हिंडेको निजी ईभी गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते हुनेमा ४ पुरुष र २ महिला छन् । घाइतेमध्ये २ जना पुरुषको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको छ ।
गाडी सिन्धुलीअन्तर्गत पर्ने वीपी राजमार्गमा बिहानी पौने ४ बजेको समयमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उक्त गाडी आफैं अनियन्त्रित भई सडकबाट ४०० मिटर तल खस्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्