काठमाडौँ, २५ माघ । झापामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार भद्रपुर नगरपालिका–९, खातेका २१ वर्षीय सञ्जीव आचार्यलाई पक्राउ गरेको हो ।
१० वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार बिहान (माघ २५) उनलाई पक्राउ गरिएको जानकारी गराएको छ ।
प्रहरी चौकी घोडामाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्