काठमाडौँ, २५ माघ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले पनि देश विकास गर्न नसके कहिले पनि नहुने चासो र चिन्ता नागरिकमा रहेको बताएकी छिन् ।
शुक्रबार अरुणोदय माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले विगतमा तीन/तीन महिनामा सरकार परिवर्तन हुने समस्या भएकोमा अहिलेको सरकारलाई शुभकामना दिनुपर्ने बताइन् ।
‘अहिले अनुकुल समय पनि छ । सरकार पनि स्थायी भएर चलिरहेको छ । नत्र यहाँ त हामीलाई समस्या, तीन/तीन महिनामा सरकार फेरिएर एउटा काम गर्न खोज्यो कहिले पनि पाइला नै अगाडि नसर्ने परिस्थिति थियो,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘अहिले दुई वटा ठूला राजनीतिक दलहरू मिलेर त्यसलाई स्थायित्व दिने, आर्थिक प्रगति गर्ने भनेर लागिरहनुभएको छ । मेरो त उहाँहरूलाई शुभकामना छ । अब पनि गर्न सकिएन भने के उपाय गर्ने भन्ने चासो जनताको बीचमा पनि छ ।’
प्रतिक्रिया दिनुहोस्