समाचार

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी



काठमाडौँ, २६ माघ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ ।

मन्त्रालय रहेको भवनको चौथो तलामा आगलागी भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिए । आगलागी भएको १५/१६ मिनेटमै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।