विराटनगर, २६ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देशभक्त, सुयोग्य र जुझारु असल नागरिक बनाउनु आजको आवश्यकता भएको बताएका छन् ।
अनुशासन र एकता, समृद्धिको आधार भन्ने नारा सहित विराटनगरमा आयोजना गरिएको कोशी प्रदेश स्तरीय नेपाल स्काउटको चौथो प्रादेशिक ज्याम्बोरेट २०८१ को उद्घाटन गर्दै उनले भौतिक विकास भन्दा मानवीय विकास दिगो हुने भएकाले देशभक्त, सुयोग्य र जुझारु असल नागरिक बनाउनु आजको आवश्यकता भएको बताएका हुन् ।
उनले राष्ट्र प्रति आस्थावान् नेपाली नागरिक बनाउन नेपाल स्काउटले गरिरहेको प्रयास सह्रानीय भएको बताउँदै कोशी प्रदेशका सबै पालिकामा स्काउटका गतिविधि सञ्चालन गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्