समाचार

आज ‘चकलेट-डे’



काठमाडौँ, २७ माघ । आज प्रणय सप्ताहको तेस्रो दिन अर्थात् चकलेट-डे । चकलेट बच्चादेखि वृद्धसम्मको प्रिय खानेकुरा अन्तर्गत पर्छ ।

जन्मदिनको रमाइलो क्षणदेखि अन्य कुनै पनि विशेष समारोहमा चकलेट उपहारको रूपमा प्रयोग हुने गरिन्छ। 

विशेष गरी यो फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ ।  ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ । 

आजको दिन आफ्ना नजिकका र प्रियजनहरूलाई चकलेट दिएर खुसी बनाउन सकिन्छ । प्रेम सप्ताहको तेस्रो दिन आफूले माया गरेको मान्छेलाई पनि चकलेट दिने चलन छ । चकलेट जस्तै मिठो सम्बन्ध बनोस् भनेर यो दिन चकलेट साटासाट गरेर मनाइन्छ ।

सबै चकलेट स्वास्थ्यका लागि फाइदाजनक छन् भन्ने होइन, तर छानेर राम्रो गुणस्तरका चकलेट खाने हो भने यसले धेरै फाइदा गर्छ ।