काठमाडौँ, २७ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी आयोजना समयमै सम्पन्न नहुनु दुःखद भएको बताएका छन् ।
नेपाल म्यानेजमेन्ट एसोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको नेसनल म्यानेजमेन्ट कन्भेन्सनका अवसरमा बोल्दै उनले पूर्वाधार विकासका लागि सरकारले वैकल्पिक वित्तबारे नीतिगत व्यवस्था गर्न लागेको जनाए । ‘यसो गर्दा दीर्घकालीन पूर्वाधार योजनामा संस्थागत लगानीलाई बढाउन सकिन्छ,’ उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासका लागि स्पष्ट नीतिगत व्यवस्था र बलियो राजनीतिक प्रतिवद्धता आवश्यक भएको बताए । नेपाल जस्तो विकासोन्मुख देशको पूर्वाधार विकासमा संस्थागत लगानीको मात्रा ज्यादै न्यून रहेको र यस्तो लगानी बढाउन आवश्यक रहेको उनको भनाइ छ । दलहरूबीचको असमान धारणा र अन्तरसरकारी निकायबीच समन्यवको अभावमा नेपालमा उचित विकास हुन नसकेको उनको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्