राजनीति

सर्वोच्चमा सबै मुद्दा स्थगित



काठमाडौँ, २७ माघ । सर्वोच्च अदालतका सबै मुद्दा आइतबार पेशी तोकेपछि स्थगित भएका छन् ।

न्यायाधीश अरविन्दनाथ आचार्यको निधनका कारण स्थगित भएको हो । ८६ वर्ष ९ महिनामा आचार्यको शुक्रवार निधन भएको थियो । 

शनिवार सार्वजनिक बिदा भएकाले आइतबार फुलकोर्टको बैठक बसेर आचार्यको निधनमा सबै सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतका सूचना अधिकार नीराजन पाण्डेले जानकारी दिए ।