काठमाडौँ, २७ माघ । सरकारले ल्याएको सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ताको माग राख्दै अनलाइन टिभी पत्रकार संघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
आज माइतीघर मण्डलामा आलोचना गर्ने अधिकार खोस्न पाइँदैन, होसियार, सरकारले मुख थुन्दैछ, लोकतन्त्र ह्याक हुँदैछ, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शनी गरेका हुन् ।
सरकारले ल्याएको यस विधेयकको चौतर्फी आलोचना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्