समाचार

विद्यार्थी सवार बस दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ, २७ माघ । काठमाडौँको दक्षिणकालीको भन्ज्याङमा विद्यार्थी सवार स्कुल बस दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका अनुसार दक्षिणकाली नगरपालिकाकै जुनकिरी स्कुलको ५० विद्यार्थी सवार बस दुर्घटना भएको हो ।

अहिले घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी राखिएको छ । एसपी अपिलराज बोहोराका अनुसार बसका चालकको घटनास्थलमै ज्यान गएको छ । घाइते विद्यार्थीको उद्धारकार्य जारी छ ।