काठमाडौँ, २८ माघ । आज अन्तर्राष्ट्रिय दाल दिवस । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्ने व्यञ्जनका रुपमा खपत हुने गरेको छ ।
दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउनसंयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन सुरु भएको हो । खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने उक्त विश्व संस्थाको बुझाइ छ ।
त्यस्तै आज अरबी चितुवाका बारेमा चेतना जागृत गर्न संयुक्त राष्ट्रसंघको महासभाले फेब्रुअरी १० लाई अन्तर्राष्ट्रिय अरबी चितुवा दिवसको रूपमा मनाउने घोषणा गरेको छ ।
लोपोन्मुख यो वन्यजन्तु र यसको वासस्थानको संरक्षणका साथै जैविक विविधता जोगाउने उद्देश्यले यो दिवस मनाउन थालिकएको हो ।
प्रतिक्रिया दिनुहोस्