काठमाडौँ, २८ माघ । प्रहरीले काठमाडौँको बूढानीलकण्ठ स्थित एक घरमा छापा मारेर २३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अनलाइन जुवा खेलाएको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरू अधिकांश भारतीय नागरिक छन् । कागजात हेरेर पक्राउ पर्नेहरूको विवरण यकिन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । सो घरबाट प्रहरीले ८८ वटा मोबाइल र १० थान ल्यापटप बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्